‘असन बजारमा’ बोलको गीत सार्वजनिक

काठमाडौँ- गायिका नलिना चित्रकारको नयाँ गीत ‘असन बजारमा’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा नलिनालाई बेद बस्नेतले साथ दिएका छन् । डीपी खनालको शब्द रहेको यो गीतमा संगीत राजनराज शिवाकोटीको छ । गीतको भिडिओ अमेरिका र नेपालमा छायाङ्कन गरिएको छ ।

भिडिओका निर्देशक सुब्रतराज आचार्यले अमेरिकाको छायांकनको समेत भर्चुअल माध्यमबाट निर्देशन गरेको निर्माण पक्षले जनाएको छ । गीतको म्युजिक भिडिओमा अशिष्मा नकर्मी, उषा उप्रेती, नारायण प्रधान र कमल साउदलाई देख्न सकिन्छ । भिडिओको नृत्य निर्देशन प्रमोद भण्डारी र आइसा ओझाले गरेका छन् ।