आमिर खानको ‘लालसिंह चढ्ढा’ कहिले ?

twitter sharing button
messenger sharing button
linkedin sharing button
मुम्बई –  महाराष्ट्र सरकारले हल खोल्ने निर्णय गरेसँगै बलिउड जमजमाउन थालेको छ । उद्धव ठाकरे सरकारले हल खोल्ने निर्णय गरेकै दिन अक्षय कुमारको ‘सूर्यवंशी’ले तिहारमा सार्वजनिक हुने घोषणा गरेको थियो यही मितिमा हलिउड फिल्म ‘इटर्नल्स’ पनि आउने भएको छ ।

तर यही वर्ष प्रदर्शन हुने घोषणा गरेको आमिर खानको बहुप्रतीक्षित फिल्म ‘लालसिंह चढ्ढा’ भने यो सालबाट सरेर अर्को साल पुगेको छ । क्रिसमसमा आउने घोषणा गरेको यो फिल्म सन् २०२२ को भ्यालेन्टाइनमा आउने भएको छ ।

आइतबार आमिर खान प्रडक्सनले महामारीका कारण निर्धारित समयमा फिल्मको काम नसकिएको भन्दै प्रदर्शन मिति धकेलेको जनाएको छ ।  अद्वेत चन्दनले निर्देशन गरेको यो फिल्ममा आमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको छ । फिल्ममा दक्षिणभारतीय कलाकार नागा चैतन्य पनि रहेका छन् । यो फिल्म हलिउड हिट ‘फरेस्ट गम्प’को अफिसियल रिमेक हो । टम ह्याङ्क्स अभिनीत यो फिल्मलाई भियतनाम युद्धको त्रासदी बताउने फिल्मको रुपमा स्मरण गर्ने गरिन्छ ।