म्युजिक भिडियो सुटिङमा प्रदीप बास्तोला

काठमाडौं- मोडेल तथा अभिनेता प्रदीप बास्तोला अभिनीत म्युजिक भिडियोको सुटिङ चलिरहेको छ । गायक प्रमोद खरेल र भारत बाट आएकी गायिकाको स्वरमा ‘तिमी कहिले मेरी बन्ने’ भन्ने बोलको डान्सिङ र नेपाली फेलेबर गीतको टिम अहिले सौराहमा छ । सोही गीतमा फिर्चड प्रदीप बास्तोला र जयन्ती मोक्तान छन् । तिमी कहिले मेरी बन्ने गीतको भिडियो बजारमा आउन दुईहप्ता लाग्ने प्रदीप बास्तोला बताउँछन् । प्रदीपले शुभ लव र अर्धकट्टी फिल्ममा अभिनय समेत गरिकेका छन् भने तिन दर्जन जति म्युजिक भिडियोमा जमिसेकेका छन् ।