प्रकाश र प्रमीला अभिनित ‘माया विना’ बोलको गीत सार्वजनिक

काठमाडौं- ‘माया विना’ बोलको गीत सार्वजनिक भएको छ । गायक वाहुल गिरि र गायिका सङ्गीता थापा मगरको स्वर रहेको गीत भिडियो भकारी युटुव च्यानलबाट बजारमा आएको छ । सोही गीतमा प्रकाश बस्नेतको र प्रमीला खनालको फिर्चड रहेको उक्त गीतमा एक आमा जो गर्भवती हुन्छिन् तर उनले सकुशल बच्चालाई यो धर्तीमा ल्याउन सक्दिनन् डाक्टरले उनलाई पाठेघरमा समस्या भएको कारणले महिले पनि आमा बन्न नसक्ने बताउँछन् । सन्तान हुन नसकेको कारण आफनो श्रीमानलाई सन्तान सुख दिन नसकेको कारण श्रीमान् बाट पर बस्ने निर्णय लिन्छिन् ।

बच्चा गुमाउनुको पिडा र श्रीमतीको वियोगमा श्रीमान् पनि छटपटिँदै सहरका गल्ली गल्ली हिँड्न थाल्छन् र श्रीमानको देहत्याग हुन्छ । सोही गीतमा एक श्रीमान् श्रीमतीको सम्बन्ध सुमधुर हुनको लागी सन्तानको भूमिका धेरै हुने देखाउन खोजिएको छ । सोही गीतको निर्देशक सुबोल थापा हुन् ।