हलमा फिल्म चलाउन पत्रकारको पनि दायित्व छ !

काठमाडौं- वैशाख पहिलो साताबाट बन्द रहेको काठमाडौँ उपत्यकाका सिनेमा हलहरू भदौ १७ गते बुधवारबाट सञ्चालन गर्ने दिने निर्णय भएको थियो । काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय भयो तर हलवालाहरु अलमल्ल परे हल खुल्ने कुरा कुरामा नै सीमित भयो तर अहिले फेरी उपत्यकाका निर्माता, वितरक तथा प्रदर्शकहरूको संयुक्त बैठकले गठन गरेको चलचित्र प्रदर्शन व्यवसायीक समितीकोे असोज १० गते बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको संयोजक अशोक शर्माले सङ्घका सदस्यहरूलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

सोही समितिले असोज २१ गतेबाट चलचित्र हलहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यस्तै, १८ महिनादेखि चलचित्र प्रदर्शन कार्यपूर्ण रूपमा बन्द भएको हुँदा अब उप्रान्त नेपाली चलचित्र प्रदर्शन गर्दा कम्तीमा २ हप्तापछि मात्र दोस्रो नेपाली चलचित्र प्रदर्शन गरिने पनि निर्णय समितिले गरेको छ । स्वदेशी तथा विदेशी चलचित्रको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता निर्माता वा वितरकलाई ५५ प्रतिशत शेयर वितरण गरिने र दोस्रो हप्ताबाट ५० प्रतिशत शेयर वितरण गरिने समितिको निर्णय छ । समितिले अर्को महत्त्वपूर्ण निर्णयमा, नेपाली चलचित्रको प्रदर्शन मिति तोकिएको समयमा विदेशी चलचित्रहरू सोही मितिमा रिलिज गर्न नपाइने उल्लेख छ । अहिले सम्म फिल्मको मिति भने डाँडाको बरपिलको बाहेक अरू फिल्मको रिलिज मिति तोकिएको छैन । अब नेपाली फिल्मक्षेत्र कता मोडिएला ? फिल्म क्षेत्रलाई उकास्न के गर्न सकिएला भनेर फिल्म क्षेत्रका पत्रकारहरूको भनाई – :

पत्रकार, सामीप्यराज तिमल्सेना  – लामो समयदेखी हल बन्द भएको यो त सबैलाई थाहा नै छ । दर्शक तान्न राम्रो फिल्म दिर्नुपर्यो । राम्रो फिल्म दिन सके नै त दर्शकहरू आउँछन् नराम्रो भए आउँदैनन् । अहिले पनि डाँडाको वरपीपल फिल्मको मिति तोकिएको छ । हरू फिल्मको बाँकी नै छ । विदेशी फिल्म सुर्यबशी हलमा चलाउने जस्तो कुरो छ फिल्म राम्रोसँग चल्ने र दर्शकको माहौल बन्ने भनेको कार्तिकबाट मात्रै होला । हललाई कसरी चलाउने कस्तो फिल्म दिने भनेर छलफल हुनुपर्छ । ‘हामी पत्रकार त एक माध्यम मात्र हौँ मेहनत गरे राम्रो समाचार आम दर्शक माझ पुर्याउने काम हाम्रो हो ।’

अध्यक्ष चलचित्र पत्रकार संघ नेपाल पत्रकार दिनेश सिटौला – ‘फिल्म हल खोलेर मात्र चल्छ ? सय प्रतिशत अकुपेन्सीमा चल्नुपर्ने फिल्म हल ५० प्रतिशत भनेको छ । हल र निर्माता मिटिङ बस्नुपर्यो। कस्तो फिल्म दिने र कसरी दिने फिल्मबारे छलफल गर्नुपर्यो । सामाजिक सञ्जालको कुरा गर्ने हो भने के के नै भएको जस्तो समाचारहरू आइराख्छ ।” ‘तर केही भएको छैन । १० र ११ वटा जति फिल्म तयारी अवस्थामा थिए तर कसैको गीत बाकी छ कसैको डबिङ बाकी छ । हामीले नेपाली फिल्मलाई अगाडी बढाउन केही गाह्रो छैन ।’

पत्रकार, लक्ष्मण सुवेदी – कोरोनाले गर्दा अहिले पनि मानिसहरू त्रासमा नै छन् । पहिलो कुरा त हामी आफै स्वस्थ हुन जरुरी छ । कोरोना भाइरस कसैले अनुमान नै गर्न नसकेको रोग आयो । कोरोनाको कारणले स्थिति झनै कमजोर हुँदै गयो फिल्म क्षेत्रमात्र नभईअरु क्षेत्रपनि अस्तव्यस्त भए । अब थोरै दर्शक राखेर मात्र हल खोल भनियो खोलियो पनि केही फिल्म आएपनि तर लगत्तै बन्द भयो । लामो समयदेखी बन्द भएको हल अहिले फेरी खोलिने भएको छ तर त्रास उस्तै । हामी सबैले खोप लगाएउ तर पनि डर त अझै छ । लगानी गर्नेहरु पनि अन्योलमा छन् । ‘फिल्म बनाउन सजिलो छैन लोन लिएका होलान् रिस्क लिन ग्राहो पर्छ । हलको पनि छुटै पिडा छ लामो समय देखी सञ्चालनमा हल नआउँदा हललाई पनि सुधार गर्नुपर्ने होला मर्मतको लागी पनि आर्थिकको कुरा नै आउँछ । समस्या सबैबाट उस्तै उस्तै छ । सरकार र विकास बोर्डले सहयोग गरे हल खुल्न र सहज रूपमा चलायमान हुन सक्छ । हल खोलेर मान्छे आएनन् भने के गर्ने ? काठमाडौँका मात्र हल खोल्नु भनेको छ । भक्तपुर , ललितपुर भनेको छैन अझै काठमाडौँ ६० प्रतिशत र ‘आउट अफ भेली’ ४० प्रतिशत मात्र दिएको छ यो भनेको डुब्ने मात्र हो ।’ जसले जे भनेपनि विदेशी फिल्मले हामीलाई प्रभाव पार्छ । नेपाली फिल्मको मार्केट छैन । हिन्दी फिल्म विदेशीले हेर्छन् , हामी नेपालीले पनि हेर्छौ तर नेपाली फिल्म नेपालीले बाहेक कसले हेर्छ ? केही फिल्म भर्खर भर्खर अन्तर्राष्ट्रिय पनि भए यो खुसीको कुरा हो तर दर्शक तान्ने फिल्म भनेको हिन्दी नै हो । हामी भौगोलिक , आर्थिक र अन्य परिस्थितबाट कमजोर  छौ । अब सूर्यवंशी फिल्म लगाएर माहौल बनाउने भन्ने कुरा छ । अब फिल्म क्षेत्रलाई उकास्ने हो भने राम्रो फिल्म दिनुपर्यो । ठुला फिल्म दिनुपर्यो जस्तै प्रेम गीत ३ , लक्का जवान लगायतका अन्य राम्रो र ठुला फिल्म पनि छन् । माहौल बनाउनको लागी राम्रो फिल्म दिर्नुपर्छ । ‘अबको दिनमा पत्रकारको पनि राम्रो भूमिका निवार्ह गर्नुपर्छ । फिल्म चल्यो भनेर राम्रो समाचार लेख्नुपर्यो । आवश्यकता भन्दा माथि पुर्याउने पनि होइन तल झार्ने पनि होइन ठिक ठाउँमा रहेर लेख्नुपर्छ । सकारात्मक समाचारलाई स्थान दिर्नुपर्छ ।”

पत्रकार, विदुर गिरी – फिल्म क्षेत्रको लागी पत्रकारको भुमिका सदैव छ । आगामी दिनमा पनि हुनेछ । तर यसो भन्दै गर्दा सिनेमा जगतलाई भन्दा पनि पत्रकारलाई भने फिल्मको विषयलाई लिएर चिन्ता भएको बुझन सकिन्छ । सबै क्षेत्र खुल्यो मनोरन्जन क्षेत्र भने सरकारको आँखामा परेन भनियो तर अहिले त मलाई यस्तो लाग्छ कि यी कुरा भन्नको लागी मात्र रहेछ । “अहिले पनि विदेशी फिल्महरुमा दर्शकहरु आकर्षक हुन्छन् किनकी नेपाली फिल्मको विश्वास देखिएन तर अहिले जुन फिल्म हलमा रिलिज गरिएको नै छैन् त्यो फिल्मले लगानी जोगाउन र दर्शक तान्न सक्दैन भनेर अनुमान लगाउनु भने सायद जायज होइन ।” जब फिल्म हेरेकै छैन नराम्रो कसरी भन्ने नयाँ कलाकार नयाँ निर्माता नयाँ निर्देशकले बनाएका फिल्महरु पनि त चलेका नै छन् । यदि फिल्म हल चलायमान बनाउने हो भने नयाँ, पुरानो, चलेको नचलेको केही पनि नभनी  जुन जुन फिल्म छ त्यही त्यही दिनु नै बेस हुन्छ । निर्माता र निर्देशकले तोकेको टिकट चलाएर फिल्म दिने हो भने पनि घाटा कसैलाई पनि लाग्दैन । ‘कोरोनाले अहिले निकै प्रभाव पारेको छ । जिवन नै कसरी चलाउने भन्ने समयमा मन भुलाउने माध्यम भनेको अहिले मनोरन्जन क्षेत्र नै हो र यो आवश्यक पनि छ ।’

पत्रकार, विजय सुवेदी (आवाज) – ‘अहिले सम्म पनि डाँडाको वरपीपल बाहेक कुनै पनि फिल्मको रिलिज मिति तोकेको छैन । अहिले कोरोना भाइरसको त्रास छ नभएको होइन तर पनि सहज वातावरण बनाएर दर्शककले आशा गरेका फिल्महरू दिनसके राम्रो हुन्छ ।” अहिले सबैको आर्थिक पक्ष कमजोर नै छ । फिल्म क्षेत्रको लागी हामीले पनि सिनेमाको प्रभाव पार्ने खालको विषयबस्तुहरुलाई ठुलो समूहमा पुर्याएको राम्रो हो । अहिले दर्शककले आशा गरेर बस्नु भएको फिल्महरू पनि छन् । हामीले हिन्दी भन्दा पनि नेपाली फिल्मलाई प्राथमिकता दिँदा झनै उत्तम होला जस्तो मलाई लाग्छ । फिल्मको ब्यानर मात्र हेरेर  राम्रो नराम्रो भनेर हुदैन । “अहिलेको अवस्थामा ठुलो समूह सम्म पुर्याउने र दर्शकको मन जिल्ने फिल्म दिनुपर्छ ।”

पत्रकार, मदन रिजाल – अहिले त हल भन्दा पनि सिनेमा लगानी गर्न डर छ । नयाँ सिनेमा र राम्रो फिल्म दिनलाई आर्थिक अवस्थाकै कारण अन्योलमा छन् । यसको लागी सरकारले र विकास बोर्डले पनि केही राहत दिन सके अलि सहज हुन्थ्यो कि भन्ने लाग्छ मलाई चाहिँ । हिन्दी फिल्म आएपछि नेपाली पनि चल्छ भन्ने केही मान्छेहरूको भनाई मात्र हो । अहिले सबैलाई गाह्रो छ, हलवालालाई पनि लामो समय देखी हल बन्दा हुँदा आम्दानीको स्रोत मात्र रोकिएनन् अहिले मर्मतको लागी पनि त उत्तिकै “लस्टमा’ गइरहेको छ । हामी फिल्म पत्रकारले पनि यो क्षेत्रमा केही योगदान दिनुर्छ भनेर लाग्नुपर्छ । अबको ५ वर्ष पछि राम्रो फिल्म हर्नको लागी कस्तो समाचार लेख्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । सकेसम्म राम्रो समाचार लेखौँ पत्रकार र फिल्म क्षेत्र मिलेर काम गर्नुपर्छ ।’

पत्रकार, वर्षा बस्नेत  – फिल्म हल खोले पनि अझै पनि डर छ दर्शक तान्न ग्रहो पर्छ कोरोना आउनुभन्दा पहिले त हलमा दर्शक तान्न गाह्रो हुन्थ्यो भने अहिले त झन् यो लामो समयको अन्तरालले गर्दा हलमा गएर फिल्म हेर्ने बानी नै छुटिसक्यो मलाई त दर्शक फिल्म हेर्न आउँछन् जस्तो लाग्दैन ।’ हल चलाउनको लागी हामीले हिन्दी फिल्म नै विदेशी फिल्म नै दिँदा भने दर्शकको आउँछन् कि । “नेपाली फिल्म धेरै छन् जुन दर्शककले पर्खिरहनु भएको छ । ५० प्रतिशत अकुपेन्सीमा रोखेर भएपनि दिनुपर्छ । हामीले व्यक्तीगत र पेसागत के गर्न सकिन्छ गर्नुपर्छ । हामी फिल्म पत्रकारहरूले राम्रो समाचार दिनुपर्छ । पछिल्लो समय धेरै ग्याप भयो जसले गर्दा म आफै अन्तै भड्किए भन्ने लाग्छ हामीलाई पनि पहलेको अवस्थामा आउनको लागी समय त लाग्छ नै तर पनि हामीले एक अर्काको पूरक भएर काम गर्दा भने फिल्म क्षेत्र चलायमान हुन सहज हुन्छ ।”