कलाकारिता क्षेत्रमा’नेपोटिजम’ छ : समीप निरौला

काठमाडौँ- पछिल्लो समय टिकटकबाट धेरै प्रतिभाहरू जन्मिएका छन् । लुकेर बसेको प्रतिभाले टिकटकको माध्यमद्वारा कलाकारिता क्षेत्रमा प्रवेश गर्ने एउटा सुनौलो अवसर पाएका छन् । टिकटकको छोटो भिडियो लाज किन बाबा बाट अर्को एक भाइरल कलाकार हुन समीप निरौला । उनी टिकटकबाट भाइरल भएपछि मात्रको कलाकार होइनन् उनी विगत लामो समय देखी कलाकारिता क्षेत्रमा आबद्ध छन् । नेपाली कलाकारिता क्षेत्रमा उदाउनको लागी आफनो कलामात्र नभई आफनो ब्याकराउण्ड पनि कलाकारिता कै हुनुपर्ने अनुभव गरेको बताउँछन् ।

उनी भन्छन्  कलाकारिता क्षेत्रमा’नेपोटिजम’ छ ।  म आफै अचम्ममा परे यती लामो समय देखी मैले कति म्युजिक भिडियोहरू खेले सर्ट मुवीहरु खेले तर कसैले पनि चिनेन तर एउटा सानो भिडियोले भने लाखौँले चिन्नुहुन्छ । खुसी पनि लाग्छ यही भिडियो मार्फत मलाई धेरैले चिन्नु भयो मैले काम पनि पाए । म भाइरल हुँदा म ट्रोल बने एकदमै नराम्रो नराम्रो कमेन्टहरू आए धिन लाग्दो अन्य नराम्रो शब्दहरू उहाँहरूले मलाई प्रयोग गर्नुभयो तर पनि मैले यी कुराहरूलाई इग्नोर गरेर अगाडी बढे त्यसको केही दिनमा त भिडियो त भाइरल नै बनेछ ।

त्यपछि बिस्तारै घृणा गर्नेले पनि माया गर्न थाल्नुभयो ।” उनले भने – म सानैदेखि नै अभिनयमा रुची भएको मान्छे हुँ । त्यसैले पनि भविष्यमा फिल्म लाइनमा छिर्ने बाटोका रुपमा मैले मोडलिङलाई लिएको छु । त्यसैले भन्नुपर्दा मोडलिङ वा अभिनय मेरो सानैदेखिको चाहना हो ।  र अर्को कुरा हाम्रो ईण्डस्ट्रीमा एउटा नराम्रो परम्परा भित्रिएको छ कि मोडल वा हिरो बन्न पैसा खर्च गर्ने । कलाकार भनेको त एउटा क्षमताले अडिसनबाट सेलेक्ट भएर आउनु पर्छ नि । म कर्ममा विश्वास गर्छु । तर कर्ममा विश्वास गरे पनि भाग्यमा पनि विश्वास गर्नुपर्छ । किनकि यहाँ धेरै मान्छेहरू भाग्य हुँदाहुँदै पनि असफल भएका र कतिपय धेरै परिश्रम गर्दा पनि असफल भएका उदाहरण पनि छन् । तर म चाहिँ भाग्य र कर्म दुबैमा विश्वास गर्छु । तीमध्ये बढी चाहिँ परिश्रममा नै विश्वास गर्ने र परिश्रम गर्न रुचाउने मान्छेमा पर्छु म ।”