‘बिहार से काठमाण्डु’ फिल्मको सुटिङ शुरु

काठमाडौं- वीरगञ्जमा ‘बिहार से काठमाण्डु’ फिल्मको सुटिङ शुरु भएको छ ।आशुतोष फिल्म प्रोडक्सन प्रा।लि। एण्ड नमस्ते नेपाल इन्टरटेनमेन्टले बनाउन लागेको यो चलचित्रको छायांकन बिहिबारदेखि सुरु गरिएको हो । नवीनकुमार अग्रवालको प्रस्तुतिमा बन्न लागेको चलचित्रलाई नारायण दत्त उपाध्यायले निर्देशन गर्दैछन् । चलचित्रमा गोपाल पौडेल र किरण सरकारले लगानी गरेका छन् ।

भोजपुरी नायक परदेशी साहरको साथमा नायिका एलिना बास्कोटा चलचित्रको मुख्य भूमिकामा देखिँदैछन् । एक महिनामा चलचित्रको छायाङ्कन सकेर छठ पर्वको समयमा रिलिज गर्ने तयारी गरिएको निर्माण पक्षले बताएको छ ।