सागर र प्रियनाको ‘ट्याङ्का भरी सुन’

काठमाडौँ- सचिन रौनियारको स्वर रहेको गीत ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । गीतमा रौनियारसँगै गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ । शब्द हरिहर तिम्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले गरेका छन् । भिडियोमा मोडलद्धय सागर लम्साल र प्रियना आचार्यको अभिनय छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका हुन् ।