नीता र हरिहर अभिनित नयाँ भजन ‘जय नीलकण्ठ’ सार्वजनिक

- मेराेफिल्म

 

काठमाडौं- ज्योतिष तथा कलाकार हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनयमा नयाँ भजन ‘जय नीलकण्ठ’ सार्वजनिक गरिएको छ। गीतमा गायक सुगम पोखरेलको आवाज तथा विशाल निरौलाको संगीत र ज्योतिष अधिकारीकै शब्द सुन्न सकिन्छ। भजनको म्युजिक भिडियोलाई कलाकार नीता ढुंगानाले नै निर्देशन गरेकी हुन्। रामजी लामिछानेको कोरियोग्राफिमा तयार भिडियोमा पोखराका विभिन्न रमणीय दृष्य समावेस छन्। नीता फिल्सको ब्यानरमा तयार भिडियोलाई मार्गदर्शन यूट्यूव च्यानलमा सार्वजनिक गरिएको छ।भिडियोलाई सिनेमेटोग्राफर सञ्जय लामाले खिचेका हुन् भने बनिस शाहको सम्पादन रहेको छ।

२०७८ असोज १९ गते १३:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *