कलाकारको यसपालीको दसैं कस्तो ?

काठमाडौं – दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ। यो नेपालीहरूको प्रमुख पर्व हो। विशेष गरी हिन्दु धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो। ऋहिले जताततै दसैँको रोनक चलेको छ कलाकारदेखी सेलेव्रिटीदेखि सर्वसाधारण दसैँको तयारीमा व्यस्त छन् । कोही टाढा भएका परिवारसङ भेट्न आतुर छन् । भने कोही गाउँ जानलाई पछिल्लो समय कोराना भाइरसको कारणले गर्दा कतिपयको यसपालिको दसै भने खल्लो नै हुने भएको छ भने कसैको सदैव झैँ । केही कलाकारले दसैको विषयमा मेरोफिल्मसंग गरेका कुराकानीहरू:-

मेरो दसैं हेटौडामा  -अभिनेत्री निता ढुङ्गाना

हाम्रो धर्म संस्कृति र परम्परा अनुसार दसै पर्व हाम्रो लागी एकदमै खुसी दिने र एक अर्कोप्रतिको सद्भाव कायम राम्रो राख्ने पर्व हो । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मीठो खाना खाने–ख्वाउने, घर आगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । म पनि दसै मनाउनको लागी आज मात्र हेटौँडा आएको छु । यहाँ मेरो परिवार हुनुहुन्छ । कामको व्यस्तताको कारण सपिङ पनि गर्न भ्याइन अब यही सपिङ गर्छु । सानो उमेर बेलाको दसै र ठुलो भएपछिको दसैमा धेरै फरकपन पाउने निता बताउँछिन् । उनी भन्छिन् -सानोमा नयाँ लुगा लगाउने मिठो खाना खाने पिङ खेल्ने लगायतका खुसीहरू हुन्थे त्यहाँ आफनो खुसी मात्र हेरिन्थ्यो तर अहिले अरूको खुसी हेरिन्छ त्यही नै हो । सानो हुँदा केही कुरामा ध्यान नजानी राम्रो चिज हेरिने तर उमेर बढ्दै जाँदा जिम्मेवारी पनि बढ्ने उनको भनाई छ ।

सात हजारको सपिङ गरे – अभिनेत्री बेनिशा हमाल 
अभिनेत्री बेनेशी हमाल यसपालिको दसै चितवनमा आफनै परिवार सँग मनाउने बताउँछिन् । अभिनेत्री हमालले पनि सानो उमेरमा र अहिलेको दसैमा पmफरकपन महसुस भएको अनुभव मेरो फिल्म सँग साटेकी छन् । उनी भन्छिन् अहिले व्यवहारिक भइयो सानोमा जस्तो खुसीको महसुस हुँदैन अहिले त कामको मात्र तनाव हुन्छ । उनले यसपालिको सपिङ सात हजारको मात्र गरेकी छन् ।

मेरो यसपाली दसै खल्लो – सञ्चिता लुइँटेल
अभिनेत्री सञ्चिता लुइँटेल पछिल्लने समय म राजेश हमाल फिल्मको सेटमा व्यस्त छिन् । उनी भन्छिन् म हरेक दसैँको नवरात्रीमा व्रत बस्थे तर अहिले मेरो आफन्त बित्नु भयो यसकारण यसपालि हाम्रो दसैँ छैन । टिका नहुने भएपछि खासै दसै जस्तो पनि लाग्दैन तर पनि आज म सेटबाट फर्किदैै छु । आफनो परिवार भेट्ने र मिठो मसिनो खाने त छदै छ ।

दसैंमा चगां उडाउने हो – अभिनेता सुशील श्रेष्ठ 

म त यसपालिको दसैमा साथी भाइसँग चङा उडाउने रमाइलो गर्ने अनि टिकाको दिनमा चाहिँ घर जान्छु । मेरो लागी दसै त्यही नै हो । पहिलेको जस्तो रमाइलो हुन्न । पहिले तास खेल्ने लगुरबुर्जा खेल्ने दौडिने खुब मस्ती हुन्थ्यो तर अहिले सबै कोल्टे फेरियो । अहिले त दसैमा नै सपिङ गर्नुपर्छ भन्ने पनि लाग्दैन ।

मेरो दसैं परिवारसंग – अभिनेता रमित ढुङ्गाना 
दसै भन्न साथ विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने दिन हो । ‘मेरो यसपालिको दसै काठमाडौँमा नै हुन्छ । हाम्रो ठुलो परिवार हुनुहुन्छ । सबै परिवार जम्मा हुन्छौं रमाइलो गर्छौ त्यही हो ।”