‘सालैको पातले’ बोलको गीत सार्वजनिक

काठमाडौं – ‘डाँडाको वर पीपल’फिल्मको ‘सालैको पातले’ बोलको गीत सार्वजनिक भएको छ । शिव मुखियाको स्वर तथा संगीतमा तयार भएको यो गीतमा नवराज गिरीको शब्द छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।यो चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापा लगायतका कलाकारको अभिनय छ ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा रामकाजी घिमिरेको लेखन, नवराज गिरीको कथा, मित्र डी गुरुङको सम्पादन, सुशान्त प्रजापतिको छायांकन छ । चलचित्रलाई बुढासुब्बा ओर्जिनलका लागि नवराज गिरीले निर्माण गरेका हुन् । यो चलचित्र भोली मंगलबारबाट हलमा रिलिज हुँदैछ ।