प्रदीप बास्तोला अभिनित गीत ‘तिमी कहिले मेरी’ हुने सार्वजनिक

काठमाडौँ- अनु सिंहको गीत ‘तिमी कहिले मेरी’ हुने सार्वजनिक भएको छ । गीतमा अनुलाई प्रमोद खरेलले स्वरमा साथ दिएका छन् । सेवकले लेखेको गीतमा पुस्तक प्रसादको संगीत छ । संगीत संयोजन भने आमोश तामाङले सम्हालेका छन् । प्रिन्स डेनियलले निर्देशन गरेको भिडियोमा प्रदीप बास्तोला, जयन्ती मोक्तान, रिया सुन्दास र ड जोकर क्रूले अभिनय गरेका छन् । विष्णु सेवाले खिचेको भिडिओ विजयराज भुर्तेलले सम्पादन गरेका हुन् ।