मिडियाप्रति मनोज गजुरेलको आक्रोश,बिहे गरेकै दिन पोखे यस्तो गुनासो

काठमाडौं- चर्चित हास्य कलाकार मनोज गजुरेलले पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरको ४ बर्षपछि दोस्रो विवाह गरेका छन् । चार वर्षअघि सम्बन्धविच्छेद गरेको हास्य कलाकार मनोज गजुरेल आजदेखि दोस्रो पटक वैवाहिक बन्धनमा बाँधिएका हुन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग दोस्रो विवाह गरेका हुन् ।

डोलेश्वर महादेव मन्दिरमा गएर सिन्दुर हालेका गजुरेलले मिडियासँग भने असन्तुष्टी व्यक्त गरेका छन् । विवाहबारे सामाजिक सञ्जालबाटै जानकारी गराएका गजुरेलले आफ्नो र पोखरेलको व्यक्तिगत जीवनबारे काल्पनिक समाचार नलेखिदिन अनुरोध गरेका छन् । आफ्नो र परिवार तथा सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाउन पनि अनुरोध गरे । पहिलो श्रीमती मीना ढकालसँग सम्बन्धविच्छेद भएपछि मिडियामा राम्रै स्थान मिलेको थियो । विशेषगरी युट्युब र फेसबुकमा मीनाले दिने अन्तर्वार्ता, समाचारलाई लिएर मनोज निकै पीडामा थिए ।