‘बोत्तलको विर्को’मा आर्यन, पल र दुर्गेश

काठमाडौं – गायक मिका सिंहले स्वर रहेको नेपाली गीत ‘बोत्तलको बिर्को’ सार्वजनिक भएको छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।

यो गीतको भिडियोमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा संग्रौलाको अभिनय छ । भिडियोलाई आकर्षक बनाउन निर्माताले राम्रै लगानी गरेको देख्न सकिन्छ । विभोर पोखरेल र दिलिप समनको निर्देशनमा तयार भएको भिडियोमा रोशन पराजुलीको लगानी छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन छ ।