‘खुसीको पल’मा उषा र कमलको रोमान्स

काठमाडौँ- जगदीश समाल र रिता केसीको स्वरमा रहेको ‘खुसीका पल’ गीत सार्वजनिक गरिएको छ । भिडियोमा उषा उप्रेतीसँग कमल साउदले रोमान्स गरेका छन् । दीपक शर्माको शब्द रहेको गीतमा शङ्कर थापा स्माइलले संगीत भरेका छन् । सुब्रत राज आचार्यको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोमा साइब्रत राज आचार्यले सह निर्देशन गरेका छन् भने जया शर्माले क्रिएटिभ पाटो हेरेकी छन् ।

भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने बिजेश पौडेलले सम्पादन गरेका छन् ।