‘सिमाना पारी’ मा आकाश र रबि

- मेराेफिल्म

काठमाडौँ- राजेश घतानीको शब्द,सुरेश राईको संगीत तथा भ्वाइस अफ नेपालका प्रतिस्पर्धी रबी गहतराजको स्वरमा रहेको ‘सिमाना पारी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ।  मिलन चाम्सको निर्देशनमा बनेको भिडियो आज सोमवार सिक्किममा पनि बिसेष कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। दुई जना सैनिक साथीको कथा बोल्ने भिडियोमा आकाश श्रेष्ठ,रबि गहतराज,चाँदनी प्रधान,प्रेम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

सुदिप बरालको डिओपी रहेको भिडियोको छायाँकार रबिन्द्र न्यौपाने हुन्। अर्जुन जिसीले सम्पादन गरेको भिडियोमा अनन्त घिमिरेले कलर संयोजन गरेका छन्। गीतको भिडियो सिक्किममा छायाँकन गरिएको छ। भिडियोले सिक्किम र नेपालको सम्बन्धको कथा उठाएको छ। थुप्रै ठुलो पर्दाका चलचित्र निर्देशन गरि सकेका चाम्सले गीतको भिडियो उत्कृस्ट बनाएका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

२०७८ असोज २६ गते १३:१७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *