शुभ प्रभात माउन्ट एभरेष्ट’ मा अभिनेत्री परिणीति

 

 

शुभ प्रभात माउन्ट एभरेष्ट’ बलिउड अभिनेत्री परिणीति चोपडाले मंगलबार बिमहान सामाजिक सञ्जालमा आफ्नो फोटो साझेदार गर्दै लेखेकी छिन्, ‘तिमीले आज मलाई नम्रताको पाठ सिकायौं ।’ सगरमाथालाई पृष्टभूमीमा पारेर उनले केही थान तस्वीर पनि पोस्ट गरेकी छिन् । उनी नीलो जिन्स र कालो फिटिङ् टिसर्टमा ठाँटिएकी छिन् ।

केही समययता परिणीति नेपालमा छिन् । चलचित्र ‘उँचाई’ छायांकनका लागि अनुपम खेर, बोमान ईरानीसँगै उनी नेपाल आएकी हुन् । फिल्मको निर्देशन बलिउडका दिग्गज निर्देशक सूरज बडजात्याले गर्दैछन् । यो उनको छैठौं फिल्म हो । यसअघि उनले मैने प्यार किया, विवाह, प्रेम रतन धन पायो जस्ता सुपरहिट फिल्म दिइसकेका छन् ।