दीपकराज गिरी भन्छन् : फिल्मिन्यूज हरूले हाम्रो बौद्धिकता लाइ जिस्काइरहे !

काठमाडौं-निर्देशक दीपकराज गिरी सामाजिक सञ्जाल मार्फत आफूलाई चित बुझेको र नबुझेको दुवै कुराको बारेमा आफनो प्रतिक्रिया राख्ने कलाकार मध्ये एक हुन् । उनले केही समय अगाडी मात्र   सामाजिक संजालमा ‘राजा ब्याक अगेन’ भनेर लेखेपछि धेरैले उनले चलचित्र ‘छक्का पन्जा ४’ बनाउन लागेको बुझेका  थिए । धेरै समाचार पोर्टलहरूले यस विषयलाई लिएर समाचार पनि लेखे । यस्तै फेरी पनि दीपकराज गिरीले आफनो फिल्म क्षेत्रलाई लिएर उक्त क्याप्सन मार्फत गुनासो गरेका छन् । फिल्म क्षेत्रमा एकले अर्कोलाई धोचपेज गर्दा फिल्म उद्योगलाई हानी भएको बताएका छन् । पछिल्लो समय महानायक विवादकै कारण फिल्म क्षेत्रलाई र फिल्मलाई ओझेल पारेको गिरीले सङ्केत गरेका छन् ।उनले आजबाट देशव्यापी रुपमा रिलिज भएको चलचित्र डाँडापारीको वरपिपलाई थप विवाद नबनाउन पनि भनेका छन् ।   उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –

आज म लेख्दैछू ‘।
मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ साथी!
पहिले खस्थ्यो बैरी माथि ,अहिले खस्छू भन्छ आफन्तै माथि !!
हामी चलचित्रकर्मी लाई यस्तै भाको छ अहिले !
एउटाले अर्को लाई प्रहार गर्छौ ,घाइते चाहि उद्योग हुदैछ 
फ़ेसबुक, टिकटक, फिल्मिन्यूज हरूले हाम्रो  बौद्धिकता लाई जिस्काइरहे झै लाग्छ! ‘। 
उस्लाइ परेको हो, मलाइ होइन भनेर चूप बस्नेअबस्था पनि छैन ! किनकि अलि अलि छिट्टा त हामि सबैलाइ परेको छ , पर्छ पनि !!
त्यसैले बन्द गरौ  ब्यर्थका बहसहरू !आरोप प्रत्यारोपहरू !!
जस्ले हरेक दिन हाम्रै उचाइ घटाइरहेको छ !
धेरै पछि नेपाली फ़िल्म हलमा आएको छ 
कमसेकम शुभकामना दिऔ “ डॉडा पारिको वर पिपल “ लाई 
थप बिबाद नगरौ !!
महान को हो त्यो निर्णय हामिले गर्ने होइन!
त्यसैले हाम्ले आआफ्नो गल्ति स्विकार गरेर , 
हातेमालो गरेर , कमजोर भएको उद्योग लाई मिलेर उचालौ१
यति लेख्दा गल्ति भएको भए क्षमा चाहन्छू१
वडा दशै को हार्दिक मंगलमय शुभकामना !!!