‘पिउने बानी भो’ मा दिपासा बिसीकाे दमदार अभिनय

- मेराेफिल्म

काठमाडौं- मिठो भाकाको सेन्टीमेन्टल गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ । निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको पिउने बानी भोु बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ। प्रेममा धोका पाएको एक प्रेमीले त्यसपछि बसेको पिउने बानीका कारण भोगेको विभिन्न घटनाको कथा समेटिएको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, दिनेश दुलाल, दिपासा बिसी र रिश्वान अर्यालले अभिनय गरेका छन् भने अतिथि कलाकारमा शम्भु श्रेष्ठ र कृष्णप्रसाद राजघतानीले अभिनय गरेका छन्।

एसजीएफ युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा प्रेममा धोका पाए पनि प्रेमिकालाई विर्सन नसकेको प्रेमीको कथा छ। करण चैसिरको छायाँकन रहेको गीतको म्युजिक भिडियो राजकुमार मगरले सम्पादन गरेका छन्।

२०७८ असोज २७ गते १२:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *