सेलिब्रेटीको दशैं यस्तो देखियो…

नेपाली फिल्म उद्योगका सेलिब्रेटीहरुले दशैं मनाएका तस्वीरहरू समाजिक सञ्जाल मार्फत सेयर गरेका छन् । प्रायः सधै व्यस्त र सुटिङका कारण परिवारबाट टाढा रहने सेलिब्रेटीहरुले आफ्नो परिवारसँग समय बिताएको देखिन्छ । गतबर्ष कोरोनाका कारण दशैंलाई खुलेर मनाउन नपाएका धेरै कलाकर्मीले यसपटक भने विशेष रुपमा मनाएको देखियो ।

नायिका केकी अधिकारीले आज टीकाको दिन लिङ्गे पिङ खेल्दै गरेको भिडियो आफ्नो फेसबुक पेजमा सेयर गरेकी छन्। ‘दशैंको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु सम्पूर्ण देश तथा बिदेशमा रहेका सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई,’ केकीले पिङ खेल्दै भनेकी छन्, ‘दशैले सबैको मनमा उमंग छर्न सकोस् । फलोस् फुलोस्, हार्दिक शुभकामना ।’ नायिका केकीले आज नै टिका लगाएका तस्वीरहरू पनि फेसबुकमा सेयर गरेकी छन् ।

 

नायिका करिश्मा मानन्धरले पनि पति बिनोद मानन्धरले अन्य व्यक्तिलाई टिका लगाउँदै गरेको तस्वीर सेयर गरेकी छन् । उनले टीका लगाउँदै गरेको भिडियो ब्लग युट्युबमा समेत राखेकी छन् । भिडियोमा उनले यसपटक टिका नलगाउने तर आउने व्यक्तिहरुलाई टिका लगाइने बताएकी छन् । ‘आज मेरो भूमिका क्यामरा पर्सनको हुनेछ,’ करिश्माले भनेकी छन् । उनले घरमा टिका लगाउन आउनेलाई भिडियोमा समेटेकी छन् ।

अर्की नायिका प्रियंका कार्कीले भने दशैंमा टीका लगाएको तस्वीरहरू सेयर गरेकी छैनन् । उनले नवमीको दिनमा गाडी पूजा गरेको तस्वीर आफ्नो फेसबुक पेजमा राखेकी छन् ।

केही साताअघि मात्रा आमा बनेकी नायिका ऋचा शर्माले परिवारजनसँग आज टिका लगाएका तस्वीरहरू फेसबुक पेजमा सेयर गरेकी छन् । उनले आफ्नो बच्चाको तस्वीर पनि फेसबुकमा राखेकी छन् । तस्वीरमा उनले जमराको माला र टिका लगाएकी छन् ।

नायक अनमोल केसीले आफ्ना पिता भुवन केसीको हातबाट टिका र जमरा लगाए । साथै, उनले आफ्ना आफन्तको हातबाट पनि टिका लगाएका छन् ।

रेखा थापा लगायतले पनि दशैंको टीकाको तस्वीर फेसबुकमा शेयर गरेका छन् । अन्य थुप्रै कलाकारहरुले दशैं मनाएको तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।