पुष्प र एलिसा अभिनित ‘टारी खेत’ म्युजिक भिडियो सार्वजनिक

गायिका पासाङ ल्हामु शेर्पाको पहिलो आधिकारिक म्युजिक भिडियो ‘टारी खेत’ सार्वजनिक भएको छ ।  यसअघि थुप्रै कलेक्सन एल्बममा आफ्नो स्वर दिइसकेकी शेर्पाले लोकप्रिय गायक राजेश पायल राईसँगको युगल गायनमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन् । दशैँ तिहारको कोसेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिसा राई मुख्य भुमिकामा छन् ।

भिडियोमा सुरेश कोहली, आरोही चापागाईँ, प्रताव मगर, कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको छ । भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ । शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो ।