फिल्म ‘बुलाकी’मा नरेश र सुरक्षाको जोडी

फिल्म ‘बुलाकी’को निर्माण हुने भएको छ । लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको केही दिनमै छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

यो फिल्ममा नायक नरेन खड्का र नायिका सुरक्षा पन्तले मुख्य भूमिका निर्वाह गर्दैछन् । मोती बिष्ट र गोपाल बिष्टको लगानीमा निर्माण हुन लागेको यो फिल्मलाई डोल्पाका विभिन्न रमणीय स्थानमा छायांकन गरिनेछ । फिल्ममा नरेन र सुरक्षासँगै विराज बिष्ट, प्रेमदेव गिरी, सुशिल पोखरेल, लक्ष्मी गिरी, कुलदिप अधिकारी, अप्सना थापा, सरस्वती खत्री लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।