किन ओली निवास बालकोट पुगे नायिका करिश्मा र हाँस्य कलाकार जितु ?

नायिका करिश्मा मानन्धर र चर्चित हाँस्य कलाकार जितु नेपालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। यो भेटको तारतम्य एमाले सांसद कोमल वलीको सक्रियतामा बुधबार मिलेको हो ।

भेटमा सहभागी नायिका करिश्मा मानन्धर हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले जानकारी दिए अनुसार यो भेट भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा भएको हो।

यो भेटका बारेमा सांसद कोमल वलीले सामाजिक सञ्जाल फेसबुक मार्फत संक्षिप्त जानकारी दिएकी छन्।

उनका अनुसार ‘अत्यन्तै खुला हृदयका साथ नेपालका बारेमा अनि नेपाली राजनीतिका बारेमा विश्लेषण भयो। असाध्यै महत्त्वपूर्ण विषयहरू उहाँ (अध्यक्ष केपी ओली) ले प्रस्तुत गर्नुभयो।’

यस क्रममा सांसद वलीले एमाले अध्यक्ष ओलीको निकै प्रशंसासमेत गरेकी छन्।

‘हामीहरूको खाली दिमागमा उहाँको भनाइले अत्यन्तै राम्रो रुल गरिरहेको छ’, उनले भनेकी छन्, ‘यसरी नै अरू नेताहरू पनि खुला भइदिएको भए सायद नेपाल धेरै अगाडि बढ्थ्यो होला।’

एमाले अध्यक्ष केपी ओलीसंगको भेट पछि सांसद ओलीले अब पछाडी फर्कने नभै अघि बढ्ने हो भन्दै आफ्नो सुझावसहितको विचार पनि ब्यक्त गरेकी छिन, ‘तसर्थ अब पुल डाउन हैन, पुल अप तिर लाग्नु पर्छ ।’

सांसद वलीले सामाजिक सञ्जालमार्फत जानकारी गराए अनुसार भेटका अवसरमा नायिका करिश्मा मानन्धर र हाँस्य कलाकार जितु नेपालले पनि आफ्ना महत्त्वपूर्ण कुराहरु राखेका थिए।