बलिउड अभिनेत्री परिणितीले मनाङमा मनाइन् जन्म दिन

काठमाडौं- बलिउड अभिनेत्री परिणिती चोपडा शुक्रबारदेखि ३३ वर्ष लागेकी छिन् । परिणिती अहिले नेपालको हिमाली जिल्ला मनाङमा छिन् जहाँ उनले अझै केही साता फिल्म ‘उचाइ’को छायांकन गर्नेछिन् । परिणितीले मनाङमा मनाइन् बर्थडे फिल्मकै कास्ट एन्ड क्रिउसँग आज आफूले जन्मदिन मनाएको परिणितीले बताएकी छिन् ।

इन्डिया टुडेसँग कुरा गर्दै उनले चिसो याम बिर्सिएर भएपनि आफू उचाइ छायांकनलाई नेपालको हिमाली थलोमा आएको र आफ्नो ब्याट्री रिचार्ज भएको उनले बताएकी छिन् ।