गायिका समीक्षाको स्पष्टिकरण : हामीबीच अनैतिक सम्बन्ध छैन

- मेराेफिल्म

नायक पल शाहसँगको सम्वन्धका विषयमा गायिका समीक्षा अधिकारीले पहिलोपटक मुख खोलेकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफूहरुबीच कुनै अनैतिक सम्वन्ध नरहेको बताएकी छन् । आइतबार बिहान फेसबुकमा स्ट्याटसस पोस्ट गर्दै पल शाह र आफूबीच कुनै अनैतिक सम्बन्ध नरहेको र पल शाहलाई आफूले अभिभावक रुपमा लिने गरेको बताएकी हुन् । उनले विनास्रोत समाचार नलेख्न र यसरी विनाप्रमाण लेखिएका समाचारले आफू र आफ्नो परिवारलाई दुःखी बनाएको पनि उनले उल्लेख गरेकी छिन् । उनले लेखेकी छन् -:

नमस्कार
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु । पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् ,यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मेडियामा आए छन् जसले मेरो चरित्र हत्या भएको छ । यसका साथसाथै पलजीको करिअर माथि आँच आउने किसिमले प्रचारबाजी गरिराखेका छन् । यसो नगर्नुहुन अनुरोध गर्दछु । विना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ । यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ ।एउटै इन्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ । र हामीबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेका छौँ र हजुरहरुको माया रहेसम्म सधैँ राम्रो काम गरिरहनेछौँ । राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मानहानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु । मैले यो अपेक्षा गरेको थिएन । म जे छु जहाँ छु सब मेरा भगवान रुपी दर्शक स्रोताको देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्नेछैन । मेरो बोरेमा मिडियामा आएका  झुटा समाचारहरुप्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्न हुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरुलाई पनि हार्दिक निवेदन गर्न चाहान्छु, कसैको व्यक्तिगत जीवनमा आँच आउने ,मानहानी तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला ।
सबैलाई धेरैधेरै माया धन्यवाद ।   

२०७८ कार्तिक ७ गते ११:११ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *