मोडल कमल भन्छन् – म कर्ममा विश्वास गर्छु तर पनि नेपोटिजमले झस्काउँछ …

काठमाडौं- हरेक व्यक्तिका आफनो-आफनो विगत छ र विगत कै प्रतिफल बर्तमानमा नै मिल्ने गर्छ ।  कञ्चनपुरमा जन्मेर मोडलिङ क्षेत्रको उम्दा प्रतिभा बनेका बहुप्रतिभाशाली मोडेल हुन् कमल सिंह । उनको सपना ठुलो थियो आखिर त्यही सपनाले उसलाई कलाक्षेत्रको सम्भावना बोकेको एउटा प्रतिभा बनायो । कलाको इन्द्रेणीमा एउटा रङ्ग बनेर उपस्थिति जनाएको त्यो व्यक्ति हुन् उनै कमल । मोडेल कमल २०७६ साल देखी यस क्षेत्रमा होमिएका थिए । झन्डै सयभन्दा बढीको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेका यी प्रतिभाको बाल्यकाल , जिन्दगीको भोगाइ र सङ्घर्ष, प्रेम, रहरलाग्दो वर्तमान र सुन्दर सपनासहितको भविष्यका बारेमा मेरो फिल्मले गरेको कुराकानी :-

सन्चै हुनुहुन्छ, आजभोलि के गर्दै हुनुहुन्छ ?

म एकदम ठिक छु । आज भोलि भर्खर भर्खर दसैँ सकियो अब काममा फर्किर्दै छु । धेरै कामहरू रोकिरहेको छ । अब बिस्तारै काम हुदैंछ ।

कलाकारिता क्षेत्रको सुरुवात कसरी भयो ?

म पहिले फोटो सुट गर्थे यही फोटो सुट गर्ने क्रममा सबैले राम्रो कमेन्ट गर्नुभयो सबैजनाले फोटो जेनिक फेस छ भन्नुभयो यत्तिकैमा म्युजिक भिडियोको कुरा आयो र मैले पहिलो म्युजिक भिडियो गरे कान्छी कान्छीले भन्ने बोलको म्युजिक भिडियोमा काम गरे त्यसपछि बिस्तारै काममा अगाडी बढे ।

अहिले सम्म कतिवटा म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्नुभयो ,याद छ ?

मैले यति नै म्युजिक भिडियोमा काम गरे भनेर गनेको त छैन तर पनि अनुमानको आधारमा भन्दा चाहिँ १४० को हाराहारीमा पुग्यो ।

आफूले खेलेको मध्ये अविस्मरणीय साइनो गाँसिएको भिडियो कुनै छन् ?

मेरा सिर्जना मेरा सन्तान हुन । मैले मेरो कर्ममा समान मेहनत गरेको छु । त्यसैले मलाई मेरा प्रत्येक सिर्जनाप्रति समान मोह छ । तर पनि कुनै चिजले हाम्रो मन यति छुन्छ कि त्यसले हामीलाई हरपल आसव दिलाइदिन्छ । तर मैले बिर्सिन नै नसक्ने भिडियो चाहिँ हुँदो रहेछ नजिक यति रहेर पनि भन्ने गीत चाहिँ सारै राम्रो लाग्छ ।

यो क्षेत्रमा संघर्षका दिनको कस्तो रहयो ?

संघर्ष त हरेक क्षेत्रमा हुन्छ नै संघर्ष र सफलता एक अर्काका पर्याय रहेछन् । मानिसको जीवनमा दुख र सुख त छदै छ । संघर्ष नगरी सफलता अपवादबाहेक कसैलाई हात लाग्दैन। मलाई सबैले माया गर्नुहुन्छ कोही कोही हुनुहुन्छ होला तर म नराम्रो कुराहरू सुन्नमा आए पनि त्यो आलोचनालाई मैले ऊर्जाको रूपमा ग्रहण गर्छु । आलोचनाबाट डराएको भए  मेरो यात्रा त्यतिबेलै पूर्णविराम लाग्थ्यो । फेरी सबै जना भन्नुहुन्छ यहाँ धेरै चुनौतीहरू पनि छ भनेर तर म भाग्यमानी छु कि मैले खासै संघर्ष गर्नुपरेन । ‘मलाई पहिलो काममा नै धेरै मन पराइदिनु भयो र अवसर प्रदान गरिदिनु भयो । एक चोटि यो क्षेत्रमा पाइला टेकेपछि पछाडि फर्कर भने हुर्नु परेन निकै खुसी लाग्छ ।”

एउटा सफल कलाकार हुन चाहिने आधारभूत योग्यता के रहेछ ?

सर्वप्रथम आत्मविश्वास हुनु¥यो । हामीमा धैयता हुनुपर्छ । यो क्षेत्रमा आउनु ठुलो कुरा होइन तर यस क्षेत्रलाई दिगो बनाउनु ठुलो कुरा हो भाइरलको पछाडि दौडिनु भएन । भाइरल भनेको बाढीजस्तै हो । त्यसैले दुखमा आत्तिने र सुखमा मातिने काम गर्नुभएन । निरन्तररुपमा आफूले दिएको योगदानलाई गहन गर्ने र काम गर्ने हो भने एक सफल कलाकार भइन्छ । पछिल्लो समय टिकटक बाट धेरै कलाकारको उत्पादन भयो । नाम त नलिगौं तर टिकटबाट आउनुभएका केही कलाकारहरू भने दुई/ तिन महिनामा नै ओझेलमा पर्नुभयो । जुन दुखको कुरा हो । भाइरल मात्र भएर हुँदैन प्रतिभा र क्षमता पनि हुनुपर्दो रहेछ भन्ने कतिले बुझ्नु पनि भयो । अहिले टिकटक बाट पनि धेरै जना फिल्टर हुनुभयो ।”

बाल्यकालमा कस्तो स्वाभको हुनुहुन्थ्यो ?

म सानै देखि चन्चले स्वभावको थिए । म आफनो बारेमा आफैँ राम्रो त कसरी भनौँ ! म सारै कमलो हृदयको छोरा मान्छे हुँ । म भित्र सहयोगी भावना छ । म कसैको दु:ख पिडाहरू देख्न सक्दिन । आफू सँगभको र आफूले सकेको सहयोग गर्न मन लाग्छ यसरी आफूले सहयोग गर्न पाउँदा मेरो आत्मालाई शान्ति मिल्छ कामको लागी ऊर्जा मिल्छ । त्यही नै हो रामो छु जस्तो लाग्छ ।’

कलाकारिता क्षेत्रमा नेपोटिजम छ भन्छन् नि तपाईँलाई के लाग्छ ?

म भर्खर नै यस क्षेत्रमा उदाउँदै छु । सबै कुरा भन्दा त म पनि गलत हुन्छ । म भन्दा धेरै पुरानो र अग्रजहरू यही फिल्डमा हुनुहुन्छ । तर मेरो यो तिन वर्षको अनुभवमा भने जति नै यो कुरालाई नकार्छु भनेपनि देखा परिहाल्छ । कतै न कतै देखिहाल्छ र छ पनि । “म कर्ममा विश्वास गर्न मान्छे तर नेपोटिजमले झस्काउँछ घरीघरी । तर पनि मलाई मायाँ गर्नुहुने धेरै हुनुहुन्छ ।”

यस क्षेत्रलाई नै निरन्तरता दिनुहुन्छ कि अरू केही योजना छ ?

भोलिको दिन कसले देखेको छ र जे पनि हुन सक्छ तर अहिले यो समयमा भने यो क्षेत्र बाहेक अरू क्षेत्र सोचेको नै छैन र सोचाईमा नि आउँदैन ।

यति ह्यान्डसम हुनुहुन्छ प्रेम प्रस्ताव कतिको आउँछन् ?

प्रेम प्रस्ताव आउने त सामान्य नै हो नि यसको मतलब यो होइन कि म मोडेल भएर मात्र आको यदि कोही मान्छे हामीलाई मन पर्छ उसको माया लाग्छ भने प्रस्ताव त राखिन्छ नि । धेरै जनाले गर्नुहुन्छ म उहाँहरूको मायाको सम्मान गर्छु । माया जस्तो कुरा नजरले हेर्ने बित्तिकै माया भयो भन्दैमा स्वकार गर्नुपर्छ भन्ने पनि त हुदैन। सबैको आफनो आफनो सोचाई हुन्छ । ‘मलाई त -मन बुझने माया भएको राम्रो जसले मलाई भन्दा बढी मेरो परिवारलाई माया गरोस् , हरेक कुरामा सक्षम होस संस्कारी होस भन्ने लाग्छ । धेरैले मलाई माया गर्नुहुन्छ मलाई खुसी पनि लाग्छ ।”

अन्तमा के भन्न चाहनु हुन्छ ?मलाई माया गर्नुहुने सम्पूर्ण दर्शकहरूलाई नमन गर्न चाहन्छु । “कोरोना भाइरसको अझै सकेको छैन सुरक्षित रहनुहोला ।” सबैको मायाको कारण ले गर्दा म यहाँ छु । सदैव माया पाइराखौँ ।”