मञ्जु पौडेललाई मातृशोक

गायिका तथा उद्घोषिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । मञ्जुकी आमा केही महिनायता बिरामी थिइन् । गायिका मञ्जुले बिरामी आमाको विशेष रेखदेख र उपचार गराइरहेकी थिइन् । मञ्जुले यसवर्षको दशैं पनि गायिका मञ्जुले अस्पताल पुगेर बिरामी आमासँगै मनाएकी थिइन् । र सामाजिक सञ्जालमा समेत शेयर गरेकी छिन् ।

‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा, आखिर हामीले हार्यौं । परिवारको आदर्श, मेरूडण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनुभएन । आमा, हजुरको आत्माले शान्ती पाओस्’ ।