पल शाह भन्छन् – समीक्षा र मेरो सम्बन्ध सहकर्मीको मात्र हो !

- मेराेफिल्म

नायक पल शाहले गायिका समीक्षा अधिकारीसँग गलत सम्बन्ध नरहेको स्पष्टिकरण दिएसँगै पल शाहले पनि फेसबुक स्ट्याटस लेख्दै समीक्षासँगको सम्बन्धलाई लिएर लेखिएका समाचार झुटा भएको बताएका छन् । पलले सामाजिक संजालमा स्टाटस लेख्दै केही दिनदेखि समीक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निक्कै दुःखी भएको महसुश आफूले गरेको उल्लेख गरेका छन् ।

उनले आइतबार साँझ फेसबुकमा पोस्ट गरेको स्ट्याटस :-

नमस्कार
देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक श्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया । बिगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शकदीर्घा नै दुःखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेसा र विधाका कारण मैले धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरू माझ मैले सदैव आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु । अरु कलाकारसँग जस्तै र अरुले जस्तै सांङ्गीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवन माथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ । यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्युहरूलाई हार्दिक अनुरोध गर्दछु । मैले सधैं दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्द्छु । गायिका समीक्षा अधिकारी र मेरोबीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानाम शीर्षक दिएर सिङ्गो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला । धन्यवाद  
– हजुरहरूको पल शाह !!

२०७८ कार्तिक ८ गते १२:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *