शिव परियारको स्वरमा संस्कृत गीत

गायक शिव परियारले संस्कृत भाषामा गीत गाएका छन् । गायक परियारले  स्वरबद्ध गरेको ‘मम भाषा संस्कृतम्’ गीतको सोमबार म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।  गीतका रचनाकार स्वामी केशवानन्द (केएन स्वामी) हुन् । उनकै  अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चण्डीप्रसाद काफ्लेले संगीत भरेको गीतमा श्री संगीत पाठशालाका विद्यार्थीले कोरस गायनमा साथ दिएका छन् । गीतको रेकर्डिङ साउण्ड मिल स्टुडियोमा गरिएको छ ।

सूर्यमणि जमरकट्टेलले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं गायक परियारले पनि अभिनय गरेका छन् । म्युजिक भिडियोमा रवीन्द्र जमरकट्टेल, अमृत गौतम, स्वस्तिका जमरकट्टेल, नवीन ढकाल, सञ्जिता देवकोटा, देवन भुसाल, अनिषा जमरकट्टेल, विष्णु पाण्डे, विष्णुप्रसाद जमरकट्टेल र शिव सापकोटाले पनि अभिनय गरेका छन् ।