मीनको ‘चिसो वर्षलाई ताइपेईमा १ करोड ६५ लाखको अवार्ड

 

काठमाडौँ – मीन भामले निर्देशन गर्न लागेको फिल्म चिसो वर्षले ताइपेईमा १ करोड ६५ लाख नगद हात पारेको छ । फिल्मले फिल्म निर्माणका लागि १ करोड ६५ लाख रकम हात पारेको हो । चिसो वर्षको सुटिंगको तयारीमा रहेका राजेश खत्रीले फिल्मले ताइवानको प्रडक्सन अवार्ड जितेको पुष्टि गरे । अक्टोबर २५ मा नेपाल, अमेरिका, फ्रान्स, मलेसिया र बंगलादेशको चलचित्रले २.५ मिलियन डलरको ताइपेइ फिल्म फण्ड पाउने घोषणा भएको हो ।

चलचित्र ‘चिसो वर्ष’मा नेपाल, फ्रान्स, टर्की र नर्वेको संयुक्त लगानी रहने भएको छ । यसअघि पनि यो चलचित्रको कथाले विभिन्न फिल्म फेस्टिभलमा फण्ड जितिसकेको छ । यो चलचित्रले एक तिब्बती महिलाले श्रीमान् खोज्नका लागि गरेको संघर्षको कथा भन्नेछ । यो चलचित्र निर्माणका लागि मीन केही वर्षदेखि व्यस्त छन् । २०७४ सालमा घोषणा भएको ‘चिसो वर्ष’को छायांकन शुरु भएको छैन । मीनले यसअघि निर्देशन गरेको चलचित्र ‘कालो पोथी’ले पनि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।