‘बुलाकी’को छायाँकन डोल्पामा

काठमाडौँ- फिल्म ‘बुलाकी’को छायांकन डोल्पामा भइरहेको छ । निर्माण टिम फिल्मको छायाङ्कनका लागि तिहारअघि नै डोल्पा पुगेको हो । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् ।

फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, बिराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्री लगायतका कलाकार मुख्य भूमिकामा छन् । कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्ममा शिव ढकालको छायांकन छ ।

फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा, सोनु सेढाइँ, धनबहादुर राई, कमल गाउँले, अमित परियार लगायतको समेत अभिनय छ । सौगात कँडेल सह निर्माता रहेको ‘बुलाकी’ का गीतमा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।