मिस वर्ल्ड २०२१ मा भाग लिन नम्रता अमेरिका जाने

काठमाडौं- मिस नेपाल’को आयोजक संस्था ‘द हिडन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वका विभिन्न देशमा आयोजना हुने सौन्दर्य प्रतियोेगीताका लागि नेपाली प्रतिस्पर्धीहरु तयार भएको जानकारी दिएको छ । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्डका लागि उनी नोभेम्बर २० अर्थात् मंसिर ४ गते त्यसतर्फ उड्न लागेकी हुन् ।

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ आगामी शनिबार मिस वर्ल्ड २०२१ मा भाग लिन अमेरिका जाने भएकी छिन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्डका लागि उनी नोभेम्बर २० अर्थात् मंसिर ४ गते त्यसतर्फ उड्न लागेकी हुन् । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो । मिस नेपाल विजेताहरू प्रतियोगिताका लागि तयार रहेको आयोजकको भनाइ छ ।

कार्यक्रममा नम्रताले ५० लाख लगानीमा धादिङमा निर्माण गरेको पुलसम्बन्धी डकुमेन्ट्र देखाइएको थियो । केही दिन अगाडि नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ र द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।