चर्चित गायिकाले प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि…

 

एजेन्सी- अमेरिकाकी एक चर्चित गायिकाले लाइभ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि जे गरिन् त्यसले बबाल निम्तिएको छ । गायिकाको चौतर्फी आलोचना भइरहेको छ । गायिकाले भने आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् । वास्तवमा गायिका तथा गीतकार सोफिया उरिस्ताले आफ्नो प्रस्तुतिका बेला एक प्रशंसकको अनुहारमा पिसाब गरिदिएकी थिइन् । यसको भिडियो सोसल मिडियामा रातारात भाइरल भएको थियो ।

न्युयोर्क पोस्टको एक रिपोर्टअनुसार गायिका सोफिया उरिस्ताले केही दिनअघि लाइभ कन्सर्टका बेला स्टेजमा आफ्नो पुरुष प्रशंसकलाई बोलाए र उनलाई सुताएर उनको अनुहारमा पिसाब गरेको भिडियो सोसल मिडियामा भेटिन्छ । सोसल मिडियामा यसको भिडियो भाइरल हुने बित्तिकै मानिसहरु भड्किएर माफी माग गर्न थाले । त्यसपछि अन्ततः सोफियाले आफ्नो यो व्यवहारका लागि माफी मागेकी छिन् ।