टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’

नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ ।आयोजक संस्था डिएआर मुभिजले यस अघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ । चैत्र दोश्रो साता टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ ।