नवौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ आजबाट शुरु

 

काठमाडौँ- नवौँ ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ आजबाट शुरु भएको छ । मानव अधिकार फिल्म केन्द्रले आयोजना गरेको महोत्सव ९ गतेसम्म चल्नेछ । हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव कोरोनाको कारणले यो वर्ष पनि भर्चुअल आयोजना गरिएको हो ।

महोत्सवमा २४ देशका ४२ वटा चलचित्र, वृत्तचित्र, लघु चलचित्रका साथै भिन्नभिन्न विधाका फिल्महरू समावेश छन् । महोत्सवमा मानव अधिकारकर्मी र कलाकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ । महोत्सवमा ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोरोनाको प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तीकरण, अधिकार र समावेशीकरणमा फिल्मको भूमिका’ जस्ता विषयहरूमा पनि अन्तरक्रिया हुने छ ।