नयाँ रियालिटी सो,विजेतालाई २५ लाख पुरस्कार

काठमाडौं- भ्वाइस स्टार नेपालले गायक लक्षित ‘नेपालल्स सिङ्गिङ सुपरस्टार’ आयोजना गर्न लागेको यो गायन रियालिटी सो इमेज एचडी टेलिभिजनबाट नयाँ रियालिटी शो प्रसारण हुने भएको छ । सोही प्रतियोगितामा विजयी प्रतियोगीले २५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । डिजिटल अडिसन पुसको पहिलो साताबाट शुरु हुने बताइएको छ ।

डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सहभागी गराइनेछ । सोमबार इमेज टिभी एचडी र भ्वाइस स्टार नेपालबीच सम्झौता भएको छ । ईमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रबन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा सांगीतिक क्षेत्रमा संघर्षरत गायक÷गायिका तथा दूरदराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रवि श्रेष्ठ बताए । रविका अनुसार सोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरूको छनोट गरिनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।