फागुन १३ मा फिल्म ‘प्रेम गीत ३’ प्रदर्शन हुने

काठमाडौं – फिल्म ‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शनमा आउने भएको छ । निर्माता सन्तोष सेनले फिल्म शिवरात्रीको अवसर पारेर प्रदर्शन गरिने जानकारी गराएका छन् ।  यो फिल्म दुई सरकारी विदामा दर्शक बटुल्ने लक्ष्यसहित प्रदर्शनमा आउन लागेको हो । १७ गते शिवरात्री छ भने त्यसको दुई दिनपछि अर्थात् १९ गते ग्याल्पो ल्होसार छ ।

महंगो बजेटमा निर्माण भएको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा आदि कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट मनिष राउत र क्रिष्टिना गुरुङले फिल्म यात्राको थालनी गरिरहेका छन् ।  छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको फिल्मलाई छेतेन गुरुङले लेखेका हुन् । उनको केही समयअघि मात्र निधन भएको थियो । शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ । ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले निक्कै रुचाएका थिए ।