कटरीना-विकीको विवाहमा मोबाइल प्रयोगमा प्रतिबन्ध

 

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ आगामी डिसेम्बरको पहिलो साता वैवाहिक जीवनमा बाँधिदैछन् । रोचक कुरा के छ भने उनीहरुको विवाहमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइँदैछ ।

विवाहस्थलमा पाहुनका लागि ‘नो–मोबाइल डिक्टेट’ लागु गरिनेछ । इभेन्ट मेनेजमेन्ट एजेन्सीलाई आफूहरुको अनुमति बिना कुनै पनि फोटो वा भिडियो सामाजिक सञ्जालमा नराख्न भनिएको छ । उनीहरुको विवाह राजस्थानको एक आलिशान फोर्ट–रिजर्टमा हुँदैछ । उनीहरुको विवाहलाई लिएर आधिकारिक रुपमा कसैले केही बोलेका छैनन्, न त विवाहको निमन्त्रणा पत्र नै सार्वजनिक भएको छ । यहीकारण यो जोडीले आफ्नो विवाहलाई पूर्ण रुपमा गोप्य राख्ने प्रयास गरिरहेका छन् ।

यो जोडीका एक निकटका अनुसार विकी र कटरीनाले आफूहरुको विशेष दिन भएकाले आफ्नो कुनै पनि तस्वीर वा भिडियो सामाजिक सञ्जालमा नपुगोस् भन्ने उनीहरुको चाहना छ । उनीहरुको विवाहको तयारीसँगै एक विस्तृत टिमलाई गोपनियता र सुरक्षा सुनिश्चितताका लागि राखिएको छ । विवाहस्थलमा एक निर्धारित क्षेत्र हुनेछ, जुन क्षेत्रभन्दा अगाडि कसैले पनि मोबाइल प्रयोग गर्न पाउने छैनन् । ए–लिस्टर बलिउडकर्मीका अलावा दुवैका परिवारका कैयौं व्यक्तिलाई विवाहमा बोलाइएको छ । मोबाइल सम्बन्धी नियम सबैमा लागु गरिने ती आफन्तले जानकारी दिए । त्यसो त प्रियंका चोपडा र निक जोनसको विवाहमा पनि केही क्षेत्रमा पाहुनाहरुले आफ्नो फोनलाई सुरक्षागार्ड समक्ष राखेका थिए । दीपिका पादुकोण र रणवीर सिंहको लोक कोमो विवाहमा पनि आफ्ना साथी र परिवारलाई मोबाइल फोन प्रयोग नगर्न अनुरोध गरिएको थियो ।