कालीप्रसादको ‘सुन बाटुली’ मा स्वस्तिमा र निश्चल

 

काठमाडौं- संगीतकार कालीप्रसाद बाँस्कोटाको नयाँ गीत बजारमा आएको छ । ‘सुन बाटुली’ बोलको सार्वजनिक गीत बाँस्कोटा आफैंले गाएका छन् । यो गीत पनि उनैले लेखेका हुन् । सार्वजनिक गीतमा सन्नी सुनमको म्युजिक प्रोडक्सन रहेको छ । गीतमार्फत बास्कोटाले प्रेमिकालाई सम्झिएर उनलाई पाउन गरेको आग्रह प्रस्तुत गरेका छन् ।

भिडियोमा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेका छन् । भिडियोमा कालीप्रसादलाई पफर्मरका रूपमा देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन निश्चलले गरेका हुन् ।