फिल्म ‘आदिपुरुष’मा काम गर्न प्रभासले लिए १५० करोड पारिश्रमिक

बलिउड स्टार प्रभासले फिल्म ‘आदिपुरुष’मा काम गर्ने भएका छन । उनले यो फिल्ममा काम गर्नका लागि १ सय ५० करोड भारु पारिश्रमिक लिएका छन् । ‘आदिपुरुष’मा प्रभासले लिएको पारिश्रमिकको अहिले सर्वत्र चर्चा भइरहेको छ । सलमान खान र अक्षय कुमारपछि सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताका भनेर प्रभासको चर्चा गरिएको छ ।

१० वर्ष यताको बलिउड बजारलाई हेर्दा उनी सबैभन्दा धेरै पारिश्रमिक लिने तेस्रो अभिनेता बनेका छन् । प्रभासका प्रशंसकहरु महाराष्ट्र, दिल्ली, तमिलनाडु, आन्ध्र प्रदेश, कर्नाटक, केरलामा पनि लाखौको संख्यामा छन् । अधिकांश फिल्म बलिउड निर्माता भुषण कुमारका छन् । भुषण फिल्म‘राधे श्याम, आधीपुरुष र स्प्रिट’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने तयारीमा छन् । तर, एकपछि अर्को फिल्ममा प्रभाससँग काम गर्न भुषणलाई सहज भने छैन । भारतीय मिडियाका अनुसार, प्रभासले फिल्म ‘स्प्रिट’का लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् । उनले फिल्म ‘आधीपुरुष’का लागि पनि यति नै पारिश्रमिक लिएका थिए । ओम राउतको निर्देशनमा बन्ने ‘आदिपुरुष’मा प्रभाससँगै सैफ अली खान, कृति सेनन र सनी सिंहले पनि अभिनय गर्ने छन् । रामायणमाथि बन्ने यो फिल्ममा प्रभास रामको भूमिकामा देखिने छन् । सैफ रावणको भूमिकामा देखिने छन् ।