फिल्म ‘चुरिफुरी’को ट्रेलर सार्वजनिक

 


काठमाडौं- फिल्म ‘चुरिफुरी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म रिलिजका लागि एक महिना पनि समय नरहेको समयमा ऋषिराज आचार्यको निर्देशनमा तयार भएको फिल्मको कमेडी र सामाजिक कथावस्तु उठान गरेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा नव–कलाकारहरु अभिषेक श्रेष्ठ, पुजा पन्तको साथमा रविन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरविर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय छ । फिल्ममा ऋषिको साथमा रिना ढकालको निर्माण छ । विमला भुषाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी यो फिल्मका सह–निर्माता छन् । फिल्ममा अभिषेक अष्ट्रेलिया जाने क्रममा ठगिएको एक यूवाको भूमिकामा देखिएका छन् । राहुल राईको छायांकन, नविन निरौलाको सम्पादन रहेको फिल्ममा ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन छ ।