संगीतकार चेतन सापकोटाको ‘भरत तालैमा’

काठमाडौँ- गायक तथा संगीतकार चेतन सापकोटाले विभिन्न गाउँ पालिका तथा नगरपालिकाका गीतहरु बनाई रहेका छन्। सर्लाही जिल्ला बागमती नगरपालिकामा रहेको भरत ताललाई समेटेर ‘भरत तालैमा’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेका छन्। सार्वजनिक भिडियोमा कलाकारहरु चेतन सापकोटा, अर्बिसा थापा, भोजराज श्रेष्ठ, वर्षा प्रधान, पुजा श्रेष्ठ,सोम लामा (छोटे) फिचर्ड छन्। राज पोखरेलले छायाँकन गरेको भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन तथा टेकेन्द्र शाहले कलर संयोजन गरेका छन्।