निर्माता करण जौहरको एक्शन फिल्म ‘योद्धा’ को शुटिंग सुरु

 

एजेन्सी- रोमान्टिक फिल्ममा पहिचान बनाएका निर्माता करण जौहर अब एक्शन ड्रामा फिल्म लिएर आउने भएका छन् । केही समय अघिमात्र निर्माता जौहरले पहिलो एक्सन फिल्म ‘योद्धा’ को घोषणा गरेका थिए । यो फिल्ममा सिद्धार्थ मल्होत्रा मुख्य भुमिकामा देखिदै छन् । सिद्धार्थले फिल्मको सुटिंग सुरु गरिसकेका छन् । सिद्धार्थले शुटिंग सुरु गरेको आफ्नो सामाजिक सञ्जालमा अकाउन्टमार्फत जानकारी दिएका हुन् । उनले फिल्मको मुर्हुत पुजाका केही तस्बिर पनि शेयर गरेका छन् ।

उनले मुहूर्त पुजाको क्रमका लिएको पहिलो तस्बिरमा क्लैपबोर्ड र भगवानको प्रतिमा देखिएको छ । दोस्रोमा उनी शुटको लागि तयार भएको देखिएको छ । सिद्धार्थले तस्बिर शेयर गर्दै क्याप्शनमा लेखेका छन्, ‘योद्धाको शुटिंग सुरु ।’ फिल्मको निर्देशन सागर आम्ब्रे र पुष्कर ओझाले गर्ने भएका छन् भने फिल्म २०२२ नोभेम्बर ११ मा प्रदर्शन हुनेछ ।