आकाश र पूजा अभिनित ‘कहाँ जाने हो कहाँ’

 

काठमाडौं- नयाँ गीत ‘कहाँ जाने हो कहाँ’कोे भिडियो सार्वजनिक भएको छ । मेलिना राई र प्रविण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ । यो गीतलाई अर्जुनले फिल्मी शैैलीमा तयार पारेका छन् । अर्जुनको गीतकोे भाव अनुसार निर्देशक माइकल चन्दले पनि भिडियोे तयार पारेका छन् । भिडियोेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालकोे छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ ।