रेश्मा बेहुली हुँदा यस्ती देखिइन् (फोटो फिचर)

काठमाडौं- नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । रेश्मा बेहुली हुँदा सारै सुन्दर देखिीकी छन् ।  सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ । नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् ।

वर्षा र रेश्मा नजिकका साथी हुन् । रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा नेपाली म्युजिक भिडियोमा सफल मोडल हुन् ।