बलिउड अभिनेत्री मौनी र सुरजको विवाहको मिति तय

बलिउड ‘नागिन’ मौनी राय प्रायः आफ्नो आकर्षक र बोल्ड तस्बिरको कारण चर्चामा रहन्छिन् । तर अहिले भने उनी आफ्नो विवाहलाई लिएर भाइरल भएकी छिन् । केही दिनदेखि मौनीको बैंकर सुरज नांबियारसँग सम्बन्धलाई लिएर चर्चा भइरहेको छ ।

मौनी र सुरजको विवाहको मिति तय भएको छ । समाचार अनुसार मौनीले २७ जनवरीमा प्रेमी सुरजसँग विवाह गर्नेछिन् । मौनी र सुरजले डेस्टिेनेशन विवाह गर्दैछन् । यी दुईको विवाह दुबई वा इटलीमा हुनेछ ।

विवाह पछि मौनीले आफ्नो होमटाउन कुचविहारमा रिसेप्शन राख्नेछिन् । यो रिसेप्सनमा डेस्टिनेशन विवाहमा सहभागी नभएकाहरुको सबै उपस्थिति रहने बताइएको छ ।

सुरज पेशाले बैंकर हुन् उनी दुबई मै बस्छन् । उनीहरुको अफेयरको बारेमा २०१९ मा खबर बाहिर आएको थियो । सुरज भन्दा अगाडी मौनीको नाम अभिनेता गौरव चोपडासँग जोडिएको थियो । तर मोहित रैनासँगको अफेयर भने सबैभन्दा चर्चामा रह्यो ।