‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक

 

काठमाडौं- ‘मशानघाट’  शीर्षकको गीतको सिक्वेल अर्गात ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता गराचलाई नै मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । ‘ गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको स्वर सुन्न सकिन्छ ।  ‘मशानघाट-२’ का शब्दहरु गायिका सुनिता खड्काले नै तयार पारेकी हुन् । गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ ।

केशवराज भट्टद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काले नै अभिनय गरेका छन् । दीपक गिरीद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।