रचना रिमाल भन्छिन् ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’

गायिका रचना रिमालले ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा रचनासँगै रवि ओड, प्रविन बेडवाल र बाबुल गिरीको स्वर छ । धनेन्द्र रसाइलीको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज छ । रचनाले आफ्नै युट्युब च्यानलमार्फत यो गीतको भिडियो सार्वजनिक गरेकी हुन् । संगीत सागरको निर्देशनमा बनेको भिडियोमा गायक–गायिका स्वयंलाई फिचरिङ गरिएको छ ।