आफनो भन्दापनि बाबुनानीहरुको भविश्य देखेर डर लाग्छ : श्री नेहा पोखरेल

- मेराेफिल्म

 

 

काठमाडौं- घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएकाहरुको सहारा बनेको छ, स्‍नेही काख । उनीहरूको एउटै आश्रयस्थल हो, स्‍नेही काखको टिनको छानो भएको घर । श्री नेहा पोखरेल अविवाहित हुन्, तर सबैकी आमा बनेकी छिन् । उनले स्थापना गरेको स्‍नेही काखले साँच्चै बेवारिसेलाई स्‍नेह दिइरहेको छ । मानसिक सन्तुलन गुमाएका तथा घरबारविहीन भएकाहरूलाई उनले स्‍नेह तथा काख दुवै दिएकी छन् । महिला तथा बालबालिकालाई ललितपुरको कुसुन्ती हाइटमा र पुरुषलाई साङ्लाचौरमा राखेकी छन् । हामी प्राय आफू र आफ्नो परिवारको लागि मात्र समर्पित हुन्छौँ । तर खाने लाउने र रमाइलो गर्ने समय तथा मोडेल क्षेत्रमा आफ्नो करिहर बनाउने बेलामा सबै आफ्ना रहरलाई पन्छाउँदै आफ्नो सम्पूर्ण जीवन मनोरोगीलाई समर्पित गर्ने नेपाल स्‍नेही काखकी सञ्चालिका श्री नेहा पोखरेल खाना, लताकपडादेखि सम्पूर्ण खर्च आफैले व्यहोरेकी छन् । स्‍नेही काखका दुधे बालकदेखि बृद्धर्  सम्म सबैले श्री नेहालाई आमा भन्छन् । द्यपि, उनको सपना भने नृत्याङ्गना तथा मोडेल बन्‍ने थियो । “देखेको सपना सबै कहाँ पूरा हुन्छन्  ?, उनी भन्छिन्, “उनीहरुको मायाकै कारण सपनाले कोल्टो  फे¥यो ।” उनै श्री नेहासंग मेरो फिल्मले गरेको कुराकानी

सन्चै हुनुहुन्छ , कसरी चलिरहेको छ दिनचर्याहरु ?

म सन्चै छु । यस्तै हो यहाँ साना साना नानिबाबुहरुको स्याहार सुसार खानाको तयारी सबैजनाको हेरचाह यसरी नै बितिरहेको छ ।

यो सामाजि र सेवाको कामको सुरुवात कसरी भयो ?

म एक थिएटर आर्टिस्ट र मोडल हो यसरी  समाजसेवामा लाग्छु भन्ने थिएन । एकदिन बाटोमा हिँड्ने क्रममा खाल्डोमा फोहोर पानी खाइरहेको मानिस देखेपछि मैले पानी किनेर दिँदै सोधिन्– के खान मन छ ? उहाँले भन्नुभयो – भात । मलाइ यो शब्दले सारै मन छायो ।  त्यसको भोलिपल्ट म टिफिनमा भात बोकेर उनीकहाँ पुगे । जाडो महिना भएकाले थर्मसमा बोकेर लगेको तातो पानीले हात धोइदिँदा उहाँको आँखाबाट आंँसु झरे जुन त्यो आसुको नै  मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो र म यस क्षेत्रमा आबद्ध भए  धेरै जनाको जीवनरक्षा र रेखदेखमा लागी परे ।  सुरुमा त मलाइ म के गर्दैछु भन्ने थाहा थिएन क्रमशस् मैले सडकका बेवारिसे र  बालबच्चा देख्दा ममता भरिंदै गयो । यसरी नै यो कामको सुरुवात भयो ।

आफनो सपनालाई यसरी मार्दा पछुतो लाग्दैन ?

अहिले भने कतै कतै महसुस हुन्छ । म संगैका साथिहरु एक ठाउँमा पुगि सके कतिको त विबाह नै भइसक्यो । समाजसेवामा लागेर त्यती नराम्रो नै त होइन तर अरुको मुखबाट राम्रो सुनिए पनि वास्विकता फरक हुन्छ ।

भन्न खोजिएको कुरा अलि बुझिएन नि ,यो पेशामा लाग्दा छविलाई नै असर गर्छ भन्न खोज्नुभको ?

उम त्यस्तै ‘।। मेरो घरमा पनि मेरो विबहाको लागी आनुभएको थियो रे तर यो पेशा भनेपछि अरु नै सोचाइ बनाउनु भएछ । भन्न खोजेको चाहिँ यो पेशालाई राम्रो भन्ने र सहयोग गर्ने तर हुनुहुन्छ तर जिवन बिताउँन भने खासै चाहानु हुन्न कि भन्ने अनुभव मैले महसुस गरेको छु । हुनत यहाँ म धेरै व्यस्त हुन्छ कसैले चिया कफीको लागी प्रस्ताव राख्नु भयो भनेपनि म समय निकाल पाउदिन ।

यस क्षेत्रमा जोडिएसंगै केही नमिठा यादहरु केही छन् ?

उम्म यस्तो त कति छ कति तर पनि सारै मन रोएको पल चाहिँ मेरो बच्चाहरुले मासुखान खोज्दा खेरी थियो । बालबालिकाले असाध्यै मासु खाने रहर गरे पनि आफूसँग मासु किन्न सक्ने क्षमता थिएन, विवाह पार्टीमा गएका बेला ब्यागभित्र भएका सबै सामान बाहिर निकालें, अनि नेपकिनमा बेरेर पटक–पटक गर्दै मासु ब्यागमा हालें अनि घरमा ल्याएर उनीहरूलाई ख्वाएँ–कति दिन त मैले जाउलो  मात्र पनि खुवाए इशवरको कृपाले अहिले त्यस्तो अवस्था छैन । यस्तो दिन पनि नआओस् । अर्को पनि एक जना महिला हुनुहुन्छ । उहाँ करिब ४० देखि ४५ वर्षीय हुनुहुन्छ । उहाँको कहानी झन् कहालीलाग्दो छ । हामीले उहाँलाई बाटोमा भेटेका हौँ । उहाँ बत्लात्कृत हुनुभएको रहेछ । उहाँको पेटमा बच्चासमेत रहेछ तर विडम्बना पेटमा बच्चा मरिसकेर कुहिसकेछ ।” – कुराकानीको क्रममा नै  श्री नेहा भावुक बनिन् । सुरुवाती दिनमा मात्र होइन आज पनि यस्तै कठिनाइसँग जुटिरहेकी छिन् उनी ।” कहिले सडक नाटक, कहिले थिएटर नाटक गर्छिन् । सडकमा बलात्कार हुनेहरूमा मनोरोगीको संख्या उच्च रहेको उनको अनुभव छ । पोखरेलले गर्भवती, भर्खरै सुत्केरी भएका तथा सडक वा अस्पतालमा जन्मिएका नवजात शिशु ल्याएर आफैंले न्वारन, पास्नी आदि गरी लालनपालन एवं शिक्षा प्रदान गर्दै आएकी छिन् ।

अहिले कसरी गुजार चलिरहेको छ ,आर्थिक अबस्था कस्तो छ ?

“खानाको लागि दुःख छ त म भन्दिन  । पहिले कसैले एक बोरा चामल दिँदा खुसी लाग्थ्यो एउटा सिटामोल दिँदा पनि धेरै लाग्थ्यो । तर अहिले दाल चामलको भन्दा पनि घरभाडा र औषधी खर्च पु¥याउन मुस्किल भइरहेको छ । हामीलाई निरन्तर सहयोग गर्ने पनि हुनुहुन्छ । उहाँहरूको लागि म कामना पनि गर्छु । अहिले धेरै जनाले माया गरिदिनु भएको छ । कलाकारदेखि पत्रकारसम्मका सबैजनाले यही आएर जन्मदिन र आफ्नो वैवाहिक वर्षगाँठको उत्सव मनाउनु हुन्छ । त्यहाँबाट पनि दाल चामललगायतका खानेकुराहरू सहयोग स्वरूप प्राप्त भइरहेको छ ।”  यिनीहरूको स्याहारमा जति खट्छु म आफूलाई उति नै बलियो महसुस गर्छु । स्नेही काखलाई आर्थिक समस्या छ । भवन छैन । त्यहाँ आश्रय लिएका हरेकलाई औषधि उपचार गर्नुपर्छ । एक दिन औषधि बिराएमा रुने कराउने अनि भाग्‍ने गर्छन् । उनीहरूलाई उपचारका लागि उचित व्यवस्था छैन ।” जसोतसो चलाएको नै छु । तर यतिबेला आर्थिक स्थिति नाजुक भएको कारण यतीबेला व्यवहार मिलाउन गाह्रो भयो ।”

यति धेरैको जिमेवारी लिनुभएको छ , आम्दानीको स्रोत के छ ?

आम्दनीको स्रोत भनेको मेरा घरको एक फल्याटबाट आउने भाडा मात्र हो । त्यो पनि मेरो  त्यही बच्चाहरु र मनोरोगीहरुको लागि उपचारमा खर्च हुन्छ  । “केही दाल, चामलहरु लिन बोलाउनु हुन्छ । सुरक्षाको मापदण्ड अपनाएर जाने गरेको छु । मेरो कारणले मेरो बाबु नानीहरुको स्वास्थ्थमा असर पर्छकी भनेर साह्रै चिन्ता लाग्छ । सबैजनाले सहयोग गरिराख्नु भएको छ ।

एक्लो जीवन संग डर लाग्दैन ?

डर आफनो जीवन संग भन्दा पनि यि साना बाबुनानीहरुको भविश्य देखेर चाहिँ लाग्छ । यिनीहरुको लालनपालन, शिक्षा देखी लिएर अन्य कुराहरु मैले परिपुर्ति गर्न सक्छु कि सक्दिन भनेर सारै चिन्ता लाग्छ ।

एक्लै जीवन काट्न त गाह्रो पर्ला नि, बिवहाको बारेमा सोच्नुभको छैन् ?

प्रस्तांव त आइरहेको छ । तर म बिवहा गर्दिन होला । मेरो जीवन नै यहि आज सम्म सोचाईमा आएको छैन् ।

कसरी असहाय मुक्त हुन सक्ला जस्तो लाग्छ ?

मैले यसरी आँखाका नानी जसरी राखेका सन्तान खरिद गर्न राम्रै डलर दिनेहरू आउँछन् तर हामी एकछाक खान्छौं तर नैतिकताविरुद्धको यस्तो काम गर्दैनौं । म त चाहन्छु नेपालबाट हाम्रा जस्ता संस्था निर्मूल हुन् । कसैलाई पनि फोहोरको थुप्रोबाट उठाउनु नपरोस् । मलाई विश्वमै मेरो देशको सम्मान बढेको हेर्ने मन छ । यसका लागि सबै नेपालीको मन अनि हृदय ठूलो हुनु जरुरी छ । युवाहरूमा सेवाभाव जागृत हुनु जरुरी छ ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

सबैजनाले सहयोग गरिराख्नु भएको छ । सहयोगी मनहरुप्रति आभारी छु ।

 

 

 

 

 

 

 

२०७८ मंसिर १६ गते १४:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *