घरबाहिरको फिल्ममा काम गर्ने सुहानाको चाहाना

 

काठमाडौं- नायिका सुहाना थापा बिहीबार दिउँसो नेपाल आएकी छन् । अमेरिकामा रहेकी सुहाना फिल्म ‘ए मेरो हजुर ४’को डबिङ र प्रमोसनका लागि नेपाल आएकी हुन् । पत्रकारसंगको कुरानीमा सुहानाका बुवा सुनिलकुमार थापाले भने, ‘अहिले उनलाई एउटा बाहिरी ब्यानरको फिल्मको कथा मन परेको छ । अब त्यसमा काम गर्छिन् होला ।’ यो फिल्मको काम सकिएपछि भने सुहानाले होम प्रोडक्सनकै फिल्म ‘भागवत गीता’मा काम गर्नेछिन् । यो फिल्मत्रको छायांकन वैशाखबाट शुरु गर्ने निर्माता थापाको योजना छ ।